बारामा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु

[sharethis-inline-buttons]

बारा, जेठ १९ गते ।

बारामा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीया यस्तफा अन्सारी र कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरीको मृत्यु भएको हो ।बुधबार साँझ पौने ५ बजे बालक यस्तफा टोलकै ४÷५ जना बच्चाहरुसँग मिया टोलस्थित पोखरीमा पौडी खेल्न गएको बेला डुबेका थिए ।

घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेकोमा उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै बुधबार बेलुका साढे ९ बजे बिरनाथ घरदेखि ५ सय मिटर पश्चिमपट्टी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

घाँस काट्न जान्छु भनी हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि खाजीको क्रममा पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।