आज्ञा सम्वाददाता
धनुषा
धनुषाको मिथिला नगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीले नगरभित्रका कोही पनि निरक्षर नहुने वातावरणको निर्माण गरी छिट्टै निःशुल्क अभियान चलाईने बताएकी छिन ।’ नगरपालिकामा आफ्नो पदभार ग्रहण गर्दै उनले औपचारिक शिक्षा प्राप्त नगरेका महिलाहरुका लागि निःशुल्क साक्षर कार्यक्रम सञ्चालन गर्न आफूले निर्णयसमेत गरिसकेको बताईन्।
सिंहले नगर भित्रका सबै महिला साक्षर हुनुपर्नेमा जोड दिदै औपचारिक शिक्षा प्राप्त नगरेका महिलाहरुलाई शतप्रतिशत साक्षर बनाउन आफूले तीनवटा निर्णय गर्दै नगरपालिकाको टिप्पणी आदेशमा हस्ताक्षर गरेको जानकारी दिइन्। उनले हरेक वडाका एकजना गरिब, जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको सिफारिसमा आफ्नो व्यक्तिगत तर्फबाट छात्रवृति दिने निर्णय गरेको सुनाइन्।
लैंगिक समानतालाई जोड दिँदै महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने भनेर पनि निर्णय गरिएको उनको भनाइ छ।