यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। यता आइतबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछप्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू(भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...