महोत्तरी:बाख्रा चराउन गएकी बालिकाको पोखरीमा डुबेर ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर

औरही महोत्तरीमा बाख्रा चराउन गएकी बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ ।

पोखरीमा डुबेर जिल्लाको भंगहा नगरपालिका वडा नं। ८ पडरियाका ईन्ताज अन्सारीका करिब ६ वर्षीया छोरी सहिदा खातुनको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहिवार साँझ करिब साढे ६ बजे बाख्रा चराउन गएकी बालिका पोखरीमा डुबेर ज्यान गएको खबर पश्चात ईलाका प्रहरी कार्यालय लोहारपट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलीले प्रारम्भिक मुचुल्का सम्पन पश्चात शव पोष्ट मार्टमको लागि जलेश्वलर अस्पताल पठाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।