आज्ञा सम्वाददाता
धनुषा
जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिलाई स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले प्रमुख अतिथि बनाएको भन्दै एमालेका नवनिर्वाचित जनप्रतिनिधिहरुले विरोध स्वरुप सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
सत्तारूढ गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नगर सभापति समेत रहेका मनोज साहले पार्टी परित्याग गरी मेयरमा उमेदवारी दिएका थिए। उनी मेयरमा निर्वाचित भएपछि बुधबार काँग्रेसले निकालेको विजय जुलुसमा सहभागि भएका थिए ।
साहलाई जिताउन आन्तरिक रूपमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र उनका समूहका नेताहरूले सहयोग गरेका थिए ।
नवनिर्वाचित मेयर मनोज निधि जनकपुर आएपछि स्वागत गर्न काँग्रेसका नेता कार्यकर्तासंगै जनकपुर विमानस्थल पुगेका थिए ।