आज्ञा सम्वाददाता
रौतहट
रौतहटको गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार ३८ मतको अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत ल्याएका थिए ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । उनले कुल ६ हजार ७०३ मत ल्याएर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी बिन्दु देवीले ४ हजार ४ ७७ मत प्राप्त गरिन् । योसँगै प्रभु साहको गृहजिल्ला रौतहटमा एमालेकोे ३ स्थानीय तहमा जित भएको छ ।