आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिकाका नवनिर्वाचित मेयर रमेश बुढाथोकीले (कमल(ले बुधबार पदभार ग्रहण गर्दै गरिबीको कारण पढाइबाट बञ्चित भएका बालबालिकाको पढाइको सम्पूर्ण दायित्व नगरपालिकाले निले पहिलो निर्णय गरेका छन् ।
‘चरम गरिबीमा रहेका अभिभावकका छोराछोरीलाई नगरपालिकाले नै पढाइदिने छ,’ मेयर बुढाथोकीले गरेको पहिलो निर्णयमा अगाडी उल्लेख छ ‘त्यस्ता बालबालिकाको पढाइको सम्पूर्ण दायित्व नगरपालिकाले लिने छ।’
उनले यसै आर्थिक वर्षबाट हरिवन नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरिएको पनि जानकारी दिए।
पदभार ग्रहण कार्यक्रममा उनले नागरिकका माग र गुनासो सम्बोधनका लागि ‘हेल्लो हरिवन सरकार’ कार्यक्रम सञ्चालन गरिने बताए।
त्यसैगरी असक्त जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, दुई सन्तान जन्माउने सुत्केरीलाई सुत्केरी भत्ता बापत ४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि हरिवन नगरपालिकाले गरेको छ।





































