आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशाला नगरपालिकाको सभाहलमा आयोजित समारोहमा नगर प्रमुख डा.दिपेन्द्र महतोले नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहलाई मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन ।
सपथग्रहण समारोहमा गौशला नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष सहित ४८ वटै वडा सदस्यहरुको सहभागिता रहेको थियो।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डा. महतोले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे संगै उनले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने र जनताको आवश्यकताका आधारमा स्थानीय सरकार तथा सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका हुन् । नगरप्रमुख डा. महतोले निर्वाचनलाई शान्ति पुर्ण ढंगमा सप्पन्न गराउन उल्लेख्य भुमिका निर्वाह गरेकोमा निर्वाचनकर्मी, सुरक्षा निकाय , उम्मेदवार ,राजनीतिदल संचारकर्मी लगायत सम्पुर्ण नगर बासीलाई धन्यवाद तथा अभार प्रकट गरे ।





































