आज्ञा सम्वाददाता
बारा
बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले निर्वाचित भएको छ ।
मेयर पदका एमालेका उम्मेदवार जलन्धर सिंहले ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मेयर पदका उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४ हजार १६३ मत पाएकी हुन् ।





































