विवादपछि स्थगित उदयपुरको त्रियुगाको मतगणना सुरु हुने,

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
उदयपुर
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा लगायतका दलले त्रियुगा नगरपालिका वडा नम्बर १२ मा पुनः मतदानको माग गरेपनीे नेपाली कांग्रेस र नेकपा एमालेले मतगणना कार्य अघि बढाउनुपर्ने माग राख्दै आएका उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान नभइ मतगणना नै गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछिे त्रियुगा नगरपालिकामा मतगणना हुने भएको छ। त्यहाँ पुनः मतदान हुनुपर्ने माग उठेको थियो।
निर्वाचन आयोगका प्रवक्ता, सहसचिव शालिग्राम शर्मा पौडेलले त्रियुगामा मतगणना कार्य अघि बढाउन पत्राचार भइसकेको जानकारी दिए। ‘आयोगले हिजो नै मतगणना गर्न भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइसकेको छ,’ उनले भने, ‘आजदेखि त्यहाँ मतगणना हुनेछ।’

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...