सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका श्रेष्ठ र साह विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सिरहा
सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार श्यामकुमार श्रेष्ठ ७ ले हजार ९०८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव नाथ साहलाई २ हजार २०७ मतान्तरले पराजित गरे । साहले ५ हजार ७०१ मत मात्र ल्याए ।
उपप्रमुखमा एमालेकै उम्मेदवार मान्ती साह ७ हजार ७०३ मत सहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५ हजार ६४३ मत ल्याईन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...