जसपाका राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन् ।
उनले निवर्तमान मेयर एमालेका विजय सरावगीलाई फराकिलो मतान्तरमा हराउँदै बिजयी भएका हुन।

जसपाका सिंहले ४६ हजार २ सय १५ मतका साथबिजयहुदा सरावगीले २३ हजार ६ सय ७१ म्त ल्याए ।

त्यसैगरी राप्रपाका गिरीश गिरी तेस्रो भए । उनले ३ हजार ३ सय १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपमेयरमा विजयी भएका कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाएका छन् । आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गरेका हुन् । उपमेयरमा विजयी भएका आलम कांग्रेस पर्साका जिल्ला सचिव हुन् । मेयर र उपमेयरमा एमाले र लोसपाले गठबन्धन गरेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...