आज्ञा सम्वाददाता
रौतहट
रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादीका विनोदप्रसाद कुमी प्रमुख पदमा विजयी भएका छन। कुर्मीले ६ हजार ११२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामस्नेही राय यादवले ४ हजार ६७८ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादी नै बिजयी भएको छ।
समाजवादीकी उम्मेदवार संगिताकुमारी लामाले ५ हजार ७७२ मत प्राप्त गरेर बिजय धएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सैवुन खातुनले ४ हजार ६८८ मत प्राप्त गरीन।





































