रौतहटमा ट्याक्टरको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु

[sharethis-inline-buttons]

रौतहट-
रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका धरहरी गाेनाही सडकखण्डमा भएको दुर्घटनामा भारत बिहार घोडसहनका जितेन्द्र साह कलवारको मृत्यु भएको हो ।बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकल र विपरीत दिसा बाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्र्याक्टर गए राती एक आपसमा ठाेक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका कलवारकाे गरुडा स्थित ग्रण्डी हाेस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...