सिरहामा हतियार प्रहार गरी बाबु-छोराको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर

महोत्तरी – सिरहाको अर्नमा गाउँपालिका(१ महनौरस्थित एक घरमा बाबु छोराको हत्या गरिएको छ । अज्ञात समूहले धारिलो हतियारले चुलाही भन्ने ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या गरेको हो । स्थानीयका अनुसार जेठ ११ गतेका लागि छोरा सन्तको बिहे छिनोफानो भएको थियो । विवाहको खुसियालीमा मिथिलाको परम्परा घरमा महिलाहरूले गीत गाउँने गरेका थिए ।

सन्तकुमारको घरमै टोलकी महिलाहरु भेला भइ विवाहको गीत राति १२ बजेसम्म गाएर सबै घर फर्किएको केही घण्टामै उनीहरूको हत्या भएको हो सन्त कुमारसँग ११र१२ वर्षका एक बालक समेत सुतेका थिए । उनी सुतेकै घरमा टाँसिएको अर्को कोठामा बुबा सुतेका थिए ।

घटनापश्चात बालक चिच्याएपछि गाउँलेले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । हत्या भएका सन्तकुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । बाबु(छोराको हत्यापछि महनौर टोल त्राससँगै शोकमा डुबेको छ ।
अहिलेसम्म हत्या कसले र किन गरेको कुरा खुलेको छैन ।रातिदेखि नै सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास ढकालले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको बताए । ‘उनले भने तत्काल केही बताउँन सकिन्न । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।