आज्ञा सम्वाददाता
रौतहट
रौतहटको माधवनारायण नगरपालिकामा नेपाली कांग्रेसका बैजनाथप्रसाद यादवले ४ हजार २ सय ८८ मत ल्याई नगरप्रमुख पदमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका लिलाप्रसाद तेलीले ३ हजार ३ ससय ३२ मत ल्याएका छन।
नगरपालिकामा उपप्रमुख पदमा जसपाकी निर्मलादेवी रमण ११ झिनो मत अन्तरले विजयी भइन् । रमणले ३ हजार १ सय ६९ मत प्राप्त गरिन् । लोसपाकी जमुनादेवीले ३ हजार १ सय ५८ मत पाइन् ।
९ वडा रहेको माधवनारायण नगरपालिकामा एमालेले १, ३, ५ र ६ नम्बर वडा जितेको छ । कांग्रेसले ८, समाजवादीले २, माओवादीले ४, जसपाले ७ र लोसपाले ९ नम्बर वडाको अध्यक्षमा जित हात पारेको छ । अधिकांश वडा गुमाएको कांग्रेसले नगरप्रमुख र एउडा वडामा जितेको निर्वाचन अधिकृतको कार्यालय माधवनारायणले जनाएको छ।





































