आज्ञा सम्वाददाता
चितवन
भरतपुर महानगरपालिकाको मतगणनामा रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । रेनुको शनिबार साँझको अध्यावधिक विवरणअनुसार ६५४० मतले अग्रता कायम रहेको छ ।
कुल ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ मत ल्याएर अग्रता कायम गरेकी हुन।
उनका किटतम प्रतिद्वन्दि एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ म्त ल्याएर अग्रस्थानमा छन् ।
भरतपुरमा रेनु दाहालको अग्रता

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech