धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण यादव र तुलसाकुमारी पाण्डे निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली काँग्रेसका मेयरमा निर्वाचित यादवले तीन हजार १०८ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धि जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मत सहित विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याएकी छिन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...