आज्ञाखबर
आज्ञाखबर
धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
मतगणनाको अन्तिम परिणमअनुसार माओवादीका उम्मेदवार मेयरमा कारीराम यादव र उपमेयरमा रहीमा खातुन निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित यादवले ४२१२ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका जगत सुन्दर साहले ४०७६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार खातुनले ४६९९ मत सहित विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार किरणकुमारी कापरले ३६०४ मत ल्याएकी छिन् ।