एमालेका सचिव रघुवीर महासेठको गृहनगरमा एमालेको हार

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषाको मिथिला बिहारी नगरपालिकामा नेकपा एमालेलाई हराउँदै मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। एमालेका सचिव रघुवीर महासेठको गृह नगरमा एमालेले नराम्रोसँग हार व्यहोरेको छ।

कांग्रेसका राजेन्द्रप्रसाद यादवले ४ हजार ३ सय ४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका निवर्तमान मेयर अनिलकुमार यादवले ४ हजार ४९ मत मात्रै ल्याए। त्यस्तै, माओवादीका सूर्यनारायण मण्डलले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।

त्यस्तै,उपमेयरमा माओवादीकी शोभादेवी साहले ३ हजार ३ सय ३० मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन्।

नगरपालिकाको वडा नम्बर १, ४ र १० मा कांग्रेसले जित्दा २, ३ र ७ मा माओवादी, वडा नम्बर ५, ६, ८ मा जसपा नेपाल र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।