बर्दिवास नगरपालिकाको प्रमुखमा क्षेत्री र उप प्रमुखमा महतो निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिकाको प्रमुखमा स्वतन्त्र घोड छापका उमेदवार प्रलाद कुमार क्षेत्री निर्वाचित भएका छन् ।

उनले नेकपा माओबादी केन्द्रका राजु खड्कालाई ५हजार ८ सय ८७ मतको अन्तरमा हराएका हुन। क्षेत्रीले १४ हजार २ सय १० मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका राजु खड्काले ८ हजार ३ सय २३ मत ल्याए । तेस्रो स्थानमा नेकपा एमालेका टेक बहादुर बलम्पाकी रहेका छन् । उनले ३ हजार ५ सय ३६ मत ल्याएका छन ।

यस्तै उपप्रमुखमा क्षेत्रीकै प्यानलकी स्वतन्त्र उमेदवार तारा देबी महतो निर्वाचित भएकी छिन् । उनले ९ हजार ७ सय ३६ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत ल्याइन् । उप मेयरको तेस्रो स्थानमा नेकपा एमालेकी दुर्गा देबी दहाल रहेकी छिन उनले ४ हजार ८ सय ३ मत प्राप्त गरेकी छिन।