, छुटेको मतपेटिका गन्दा दुबैको मत बराबर, गोलाप्रर्थाले फेरि भए लामा विजेता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
मतपरिणाम बराबरी भएपछि गरिएको गोलाप्रथामा समसेर सिंह लामा नै भाग्यमानी ठहरिए, गोलाप्रथाको परिणाम उनकै पक्षमा आयो । उनि निराश हुनु परेन विजेताको विजेता नै ठहरिए ।
महोत्तरीको वर्दिवासमा विजयी घोषणा भएको ३ दिनपछि भेटिएको मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धी बीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पहिले विजयी भएका उम्मेदवार नै चुनिएर भाग्यमानी साबित भएका छन्।

बर्दिबास नगरपालिका–८ को अध्यक्षका एमालेका रुद्र बहादुर किङ्गरिग मगर र माओवादीका उम्मेदवार समसेर सिंह लामा दुवै जनाले बराबरी मत प्राप्त गरे गोला प्रथा गर्दा समसेर सिंह नै विजयी भए । पहिले पनि मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए ।

मतपरिणाम सार्वजनिक भएको तीन दिनपछि गन्न बाँकी मतपेटिका भेटिएको थियो। बिहीबार मतगणना स्थलमा मतपेटिकाहरू संकलन गर्ने क्रममा एउटा गन्न बाँकी रहेको मतपेटिका भेटिएको थियो।

पछि हेर्दा उक्त मतपेटिका वडा नम्बर ८ को रहेको पाइएको थियो। त्यसपछि सर्वदलीय बैठक बसेर उक्त मतपेटिकाको मत गन्ने सहमति भएर मतगणना भएको थियो।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...