जनकपुरमा मनोज साहको अग्रता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
जनकपुरधाम उपमहानगरपालिकामा आज बिहानदेखि मतगणना शुरु भएको छ ।

वडा नम्बर १ को ४ सय मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् उनी नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका हुन ।

साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम साहले ३३ मत प्राप्त गरेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २८ मत प्राप्त गरेका छन् ।