आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि हिजो राती १ बजेदेखी मतगणना शुरु गरिएको छ।
बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको हो।
हात्तीलेट ‘क’ र ‘ख’ मतदान केन्द्रको मतपेटिकाबाट गणना थालिएको हो अहिलेसम्म बर्दिबास ८ को मत गणना हुँदा हाल सम्मको परिणम अनुसार स्वतन्त्र उम्मेदवार जेब्रा घोड छापका मेयर पदका उमेदवार प्रलाद कुमार क्षेत्री १९०, उपमेयर पदका उमेदवार तारा देबी महतो ९९ नेकपा एमाले मेयर पदका उमेदवार टेक बहादुर बलम्पाकी १०३ उपमेयर पदका उमेदवार दुर्गा दहाल १३० नेकपा माओवादी केन्द्रका मेयर पदका उमेदवार राजु खड्काले ५४ मत प्राप्त गरेका छन्। उपमेयर पदका उमेदवार कृष्णमाया गौतमले४८ मत प्राप्त गरेकि छन। त्यस्तै नेपाली कांग्रेसका मेयर पदका उमेदवार चिरंजिबी हमालले ५ मत प्राप्त गरेका छन भने उपमेयर पदका उमेदवार अमिना कुमारी महतोले ६ मत प्राप्त गरेकी छिन।
बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन जस्मध्ये ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।