आज्ञा सम्वाददाता
पर्सा
मतदातालाई प्रभावमा पार्नका लागि चामल बाँडेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।स्थानीय तहको निर्वाचनको मौन अवधि चलिरहेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा बिहीबार वडा–२१ वडाअध्यक्षका एक उम्मेदवारको पक्षमा मतदान गर्न प्रलोभन दिदै चामलको कुपन बाडेको सुचना प्रहरीलाई आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सूचना पाए लगलै खटेको प्रहरी टोलीले ती व्याक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
प्रहरी कार्यालयमा सोधपुछ गर्ने क्रममा ती व्याक्ति चामलको व्यापारी रहेपनि उनले मतदातालाई चामल वा त्यसको कुपन बाडेको पुष्टि नभएपछि उनलाई छाडिदिएको बताईएको छ।
स्थानीयहरुले एमालेबाट वडा अध्यक्षका उम्मेदवार हबीब मियाले मतदातालाई प्रभावित पार्न ती व्याक्तिलाई चामल बाँड्न खटाएको आरोप लगाएका थिए ।