स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले बर्दिबास नगरपालिकाका नगरप्रमुखमाथि आक्रमणको प्रयास

आज्ञा सम्वाददाता
महोत्तरी
बर्दिवासका मेयर पदका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीमाथि आक्रमणको प्रयास गरेका छन।
कामकै सिलसिलामा बर्दिवासको वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको मौका छोपेर केही भिड जम्मा भएर आक्रमणको प्रयास गरेको स्थानीयले बताएका छन् ।’ मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९स्३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।’ एक प्रत्यक्षदर्शीले भने ।

माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

यता, मेयर पदका स्वतन्त्र उम्मेदवार क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।

अहिलेसम्म राजीनामा नदिएको भएपनी एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले दिने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । ‘वहा कुन आसयले जानुभयो त्यो त थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो ।’ महतोले भने ।

नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारेमा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले थाहा नभएको जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...