आज्ञा सम्वाददाता
महोत्तरी
बर्दिवासका मेयर पदका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीमाथि आक्रमणको प्रयास गरेका छन।
कामकै सिलसिलामा बर्दिवासको वडा नम्बर ६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको मौका छोपेर केही भिड जम्मा भएर आक्रमणको प्रयास गरेको स्थानीयले बताएका छन् ।’ मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९स्३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।’ एक प्रत्यक्षदर्शीले भने ।
माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
यता, मेयर पदका स्वतन्त्र उम्मेदवार क्षेत्री समूहले भने नगरप्रमुख विदुर कार्की भोट माग्नै गएको दावी गरेका छन् ।
अहिलेसम्म राजीनामा नदिएको भएपनी एउटा जनप्रतिनिधि जनतासँग भेटघाट गर्न आचारसंहिताले दिने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुबोधकुमार महतो बताउँछन् । ‘वहा कुन आसयले जानुभयो त्यो त थाहा छैन तर जनप्रतिनिधि जनताको समस्यामा जतिबेला पनि जान पाउनुपर्ने हो ।’ महतोले भने ।
नगरप्रमुख कार्कीलाई गरिएको दुर्व्यवहारका बारेमा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले थाहा नभएको जानकारी दिए ।