आज्ञा सम्वाददाता
जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छिन् ।
उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको हो।
सो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित गरिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।