स्थानीय तहको चुनावमा सूर्य चिन्हबाट राप्रपा नेपाल चुनाव लड्ने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धन भएसंगै
राप्रपा नेपाल सूर्य चिन्हबाट चुनाब लड्ने भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुबै पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

दुई पार्टीको सहमति अनुसार देशभर सम्भव भएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई मदत गर्ने र एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।