भंगहामा व्यवस्थित वसोवासका लागि कोष खडा गरौ ः पूर्वमन्त्री पोखरेल ।।

[sharethis-inline-buttons]

धनबिर महतो
गौशला

महोत्तरी, भंगहा नगरपालिका ३ का भुमिहीन दलित सुकुम्वासीलाई जग्गा व्यवस्थितका लागि कोष खडा गर्नका लागि नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले आग्रह गरेका छ । सो स्थानका मुसहर समुदायका २५ घरधुरीलाई व्यवस्थित वसोवासका निम्ति नेता पोखरेलले आफनो एक महिनाको तलव उपलब्ध गराउने घोषणा गरेका हुन् ।
विहीबार दिउँसो नेकपा माओबादी केन्द्र नगर समिति भंगहाको पार्टी कार्यालयको उदघाटन तथा होली पर्वको शुभकामना कार्यक्रमकाबीच पूर्वमन्त्री समेत रहेका नेता पोखरेलले घरधुरी भुमिहिन,दलित सुकुम्बासीलाई जग्गा किनी बसोबास ग्यारेन्टीका लागि कोष खडा गर्न लागिएको उद्घोष गरिएका हुन ।
स्थानिय रामराजी सदाजस्ता २५ जनाको घर परिवारलाई विस्थापित गर्न खोजिएको जनाउदै पोखरेलले भने, ‘म आउने महिनाको तलव वापतको रकम यस कोषमा प्रदान गरिनेछु । यहाँहरुले पनि यस अभियानलाई सहयोग गर्नका लागि यस कोषमा आर्थिक रुपमा सहयोग गरौ । चक्रीय व्याजको मारमा परेका यहाँका मुसहर समुदायलाई अदालतले न्याय दिन सकिरहेको छैन । यस अवस्थामा उनीहरुको लागि जग्गा खरिद गर्नका लागि अभियान चलाएर कोषको खडा गरौ ।’
माओवादी जनयुद्धकालमा बसोबास गरिएको २५ जना घरधुरी दलितले वसोवास लाई जग्गाधनीले अरुलाई जग्गा बेचेपछि उत्पन्न समस्या भएको थियो । पछि सोको समाधान गर्न नेता पोखरेलको पहलमा दुवै पक्षबिच जिल्ला प्रशासन कार्यालय महोत्तरीमा छलफल भएको थियो । तर सोको निर्णय अझ कार्यान्वयन नहुँदा उनीहरु उठिवासको चपेटामा रहेका छन् ।