बाराको कांग्रेस जिल्ला अधिवेशनमा मतदान जारी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बारा
बाराको नेपाली कांग्रेस नयाँ नेतृत्व चयनको लागि आज मतदान भइरहेको छ । बाराको कलैया उपमहानगरपालिका १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालय परिसरमा बुधबार बिहान १० बजे देखि जारी मतदानको समय साँझ ५ बजे सम्म निर्धारण गरिएको छ । बारामा दुई हजार चार सय ८० मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेतीले जानकारी दिए।
गत शनिबार मतदान जारी रहेकै बेला फर्जी मत खसेर विवाद भएपछि मतदान रद्द गरि निर्वाचन स्थगित गरिएको थियो । शनिबार स्थगित निर्वाचन बुधबार फेरि भएको हो।

काङ्ग्रेस बाराको सभापतिका लागि शम्भु बहादुर बुढाथोकी, राजेश राय यादव र रामानन्द यादवले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । शम्भु र राजेश संस्थापन पक्षका हुन् । भने रामानन्दलाई शेखर कोइराला समूहको समर्थन रहेको छ ।