नेपाली कांग्रेसको महोत्तरी जिल्ला अधिवेशनले सभापतिमा नागेश्वर यादवलाई सर्वसम्मतले चयन गर्याे

[sharethis-inline-buttons]

 

निकेश खनाल
बर्दिवास
नेपाली कांग्रेसको महोत्तरी जिल्ला अधिवेशनले सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मतले चयन भएका छन् । पहिलो चरणमा सभापतिमा कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा सर्वसम्तिले यादवलाई चयन गरिएको हो । तीन उमेदवारमध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले एक हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए ।

त्यसैगरी पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादवका कडा प्रतिस्पर्धा थियो । सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसहम्तिले नागेश्वर चयन भएको निर्वाचन समितिले जनाएको छ ।