मधेशमा कांग्रेस अधिवेशन : १४ गते गाउँ/नगर र १६ गते जिल्ला अधिवेशन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मधेश प्रदेशका आठसहित १६ जिल्लामा पालिका अधिवेशनको प्रकृया अघि बढेको छ। अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पालिका र जिल्ला अधिवेशनको प्रकृया अघि बढेको हो।

१६ फागुन भित्र सबै अधिवेशन सक्ने कांग्रेसको लक्ष्य रहेको छ। नेपाली काग्रेस केन्द्रीय कमिटीले पालिका र जिल्ला अधिवेशन सम्पन्न गराउन हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृत जिल्ला पठाइएको छ।

आगामी फागुन १३–१४ मा पालिका अधिवेशन र १५–१६ मा जिल्ला अधिवेशन गर्ने तयारी रहेको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए। जिल्लाहरुमा एक दिन अघि वा पछि हुने महाधिबेशन १६ गते भित्रै सकाउने लक्ष्य छ।’

यता, पर्सामा १४ वटा पालिकामा निर्वाचन संयोजक खटाइसकिएको पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए। पर्सामा फागुन १३ गते गाउँ÷नगरको उम्मेद्वारी दर्ता तथा १५ गते जिल्ला अधिवेशनको लागि उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम तय भएको उनले बताए।

उनका अनुसार सहमति भए सोही दिन नजिता आउने तथा सहमति नभए उम्मेद्वारी घोषणाको भोलि पल्ट मतदान गरी अबेर रातिसम्ममा नतिजा आउने उनले बताए।