फागुन २ बर्दिबास-
भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नेपाल सहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर यो दिवस मनाइन्छ ।पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो दशकदेखि नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपाली युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ ।
इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ तर बर्दिबासका दुई युवा सरोज गजमेर र मदन सुन्दासले फरक रूपमा मनाएका छन् ।
उनीहरुले यस बर्षको प्रणय दिवसका दिन “आउनुहोस् यो प्रेम दिवस बाताबरण सँग मनाउ” भन्दै “एउटा बिरुवा लगाउ मायाले हुर्काउ” भन्दै बर्दिबास चोकमा ३0 वटा सयपत्री फुल रोपेको , २ वटा गुलाफको फुल रोपेर अन्य ब्यक्तिहरुलाई ५० वटा अशोक ,५० वटा धुपीको बिरुवा बाढेको बिरुवा डिभिजन बन कार्यालय माइस्थान , ज्वाइको नर्सरी गार्डेन बाट उपलब्ध गराइएको थियो ।
आगामी दिनमा पनि यस्तै निरन्तर सामाजिक काम गर्ने र बाताबरण सुधार गर्न सबैको सहयोग आवश्यक रहेको सरोज गजमेरले बताए ।