एमसीसीले देशलाई घाटा छ भने बिकास गर्न देश ठेक्का लाईदिनुस् : नेता श्रेष्ठ

[sharethis-inline-buttons]

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकानी श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता कदम बिरुद्धको बुँदालाई संशोधन गरेर एमसीसी सर्वदलीय सहमतिमा पास गर्नुपर्ने बताएका छन् ।

उनले सहयोग लिने नाममा देशलाई ठेक्का लगाउने होईन बरु बिकास लिने हो । उनले भने, ‘केही बुद्धिजीविले एमसीसीले देशलाई ठेक्का लगाउने लागेको हो भनेर भ्रम फैलाउँदैछ, त्यस्तोलाई म भन्न चाहन्छु की देश बिकास भनेको ठेक्का हो भने, देशै बिकास नगर्ने त ?’

महान शहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादी नेता श्रेष्ठले वर्तमान पाँच दलीय गठबन्धन सरकारले संविधानको रक्षा गर्दै नियमित निर्वाचन समेत गराउने दाबी गरे । उनले भने, ‘गठबन्धन टुक्राउन बिभिन्न षडयन्त्र हुँदैछ, तर हामीले के निश्चत गरेको छौं भने प्रतिगमन कायम रहेसम्म गठबन्धन कायम रहन्छ, र यही सरकारको काँधमा निर्वाचनको जिम्मेवारी समेत थपिएकोले निर्वाचन गराएर मात्र विश्रान लिन्छ ।’

narayan_kaji (1)

उपप्रधान तथा पूर्वगृहमन्त्री समेत रहेका नेता श्रेष्ठले राष्ट्रिय स्वधिनता, अखण्डता, एकता क्षिण हुने कुनै काम गरिदैन बरु सार्वभौमसत्ता र हित बिरुद्धको कदमलाई संशोधन गरेर एमसीसी लागु गर्दै देश बिकासमा टेवा पुर्‍याउनुपर्ने बताए । उनले केपी ओलीले सर्वसत्तावाद, नवउदारवाद, पुँजिपतिवर्ग र भ्रष्टाचारमा लागेर जनमुखी पाँच वर्षिय सरकार चलाउने नैतिकता गुमाएकोले उनलाई विदाई गर्नुपरेको बताए ।

उनले भने, ‘ जनताको समर्थनलाई केपी ओलीले ठीक ढंगले ग्रहण गरेन, बरु बिधि, पद्धति र आफुखुशी स्वच्छाचारी ढंगले संविधानमाथि आक्रमण, प्रतिगमनको कदम, लोकतन्त्रमाथि प्रहार गरेकोले संघर्षबाट च्यूत गर्नुपरेको छ, अन्यथा बाह्र बर्षे सशस्त्र क्रान्ति, जनआन्दोलन, मधेश आन्दोलन तथा आन्दोलनहरुको उपलब्धि डुब्ने खतराबाट बचाउन ओली र ओली प्रवृति विस्थापित गर्नुपरेको छ ।’ उनले नेपालमा कम्युनिष्ठ आन्दोलनले ठुलो क्रान्ति, सैद्धान्तिक बाटो, वर्ग संघर्षबाट आएको उपलब्धिलाई संस्थागत गर्न अहिलेको मुख्य धार हुनेपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादवको अध्यक्षतामा भएको स्मृतिसभामा नेता श्रेष्ठले चैत्र महिनासम्मा सबै नेपाली जनतालाइ खोप पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको समेत बताए । कार्यक्रममा माओवादी केन्द्रका सहईन्चार्ज विश्वनाथ साह, वरिष्ठ केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया, महेन्द्र पासमान सहितका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेका थिए ।