अस्थायी शिक्षक–कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्न युनियनको माग

आज्ञा खबर

काठमाडौं

सामुदायिक विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा र पेसागत स्थायित्व सुनिश्चित गर्न नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सरकारसँग माग गरेको छ ।

युनियनले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राहत, करार तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने आवश्यकता औंल्याएको हो ।

विद्यालयमा लामो समयदेखि सेवा दिँदै आएका शिक्षक तथा कर्मचारीको भविष्य सुरक्षित गर्न राज्यले स्पष्ट नीति अवलम्बन गर्नुपर्ने युनियनको भनाइ छ । सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा अस्थायी प्रकृतिका कर्मचारीले आफ्नो सेवाकाल र भविष्यप्रति अनिश्चितता महसुस गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

युनियनले सबै अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन सम्बन्धित निकायले तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेका शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरूको पेसागत निरन्तरता र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने युनियनको माग छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...