स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगञ्ज

पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का सुरज कर्ण, बारा प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागर कुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का राहुल कुमार गुप्ता रहेका छन्।

प्रहरीका अनुसार उनीहरूमाथि शंका लागेर खानतलासी गर्दा उक्त रकम फेला परेको हो। बरामद भएको रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...