फरार रहेका १३ जना प्रतिवादी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

वीरगञ्ज

पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकामध्ये चेक बाउन्सका ६ जना, चोरीका एक जना, कुटपिटका दुई जना, घरेलु हिंसासम्बन्धी मुद्दाका तीन जना तथा बिगो भराउने मुद्दाका एक जना रहेका छन्।

प्रहरीले सबै प्रतिवादीलाई शुक्रबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ। अदालतले बिगो भराउने मुद्दाका एक जना प्रतिवादीलाई दुई वर्षको कैद सजाय सुनाएको छ।

यसैगरी, चेक बाउन्स मुद्दाका प्रतिवादीहरूलाई आठ हजार पाँच सय रुपैयाँ, चोरी मुद्दाका प्रतिवादीलाई पाँच हजार रुपैयाँ, कुटपिट मुद्दाका प्रतिवादीलाई छ हजार रुपैयाँ तथा घरेलु हिंसासम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई १५ हजार रुपैयाँ जरिवाना तोकिएको जनाइएको छ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तर रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...