मधेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन, दैनिक पाँच सयभन्दा बढीको स्वास्थ्य परीक्षण

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालनमा आएपछि सर्वसाधारणले निजी प्रयोगशालाको तुलनामा न्यून शुल्कमा विभिन्न स्वास्थ्य परीक्षण गराउन पाएका छन्। औषधि तथा आवश्यक केमिकल खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भएपछि प्रयोगशालाले पुनः नियमित रूपमा पूर्ण क्षमतामा सेवा सञ्चालन गरेको हो।

मधेश प्रदेश सरकारद्वारा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा हाल दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। प्रयोगशालाका निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रयोगशालाबाट विभिन्न २५६ प्रकारका स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुँदै आएको छ।

वि.सं. २०७८ कात्तिक १५ गते स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मधेश प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन तथा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदै आएको निर्देशक यादवले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको जनकपुरधामस्थित मुख्य प्रयोगशाला तथा स्थानीय तहमा सञ्चालित प्रयोगशालामार्फत कुल लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसमध्ये जनकपुरधामस्थित प्रयोगशालाबाट मात्रै लाख हजार ५८७ जना र स्थानीय तहमा सञ्चालित प्रयोगशालामार्फत लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य परीक्षणबाट आर्थिक वर्ष २०८२/८३ मा प्रयोगशालाले कुल करोड ७६ लाख ५२ हजार ८७ रुपैयाँ राजस्व संकलन गरेको छ। जनकपुरधामस्थित प्रयोगशालाबाट करोड ७५ लाख ५२ हजार ५२२ रुपैयाँ र स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाबाट करोड ९९ हजार ५६५ रुपैयाँ राजस्व संकलन भएको निर्देशक यादवले बताए।

प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई स्वास्थ्य परीक्षण शुल्कमा ९० प्रतिशतसम्म छुट उपलब्ध गराउँदै आएको छ। त्यसैगरी अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गरिएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालामा सञ्चालनमा रहेको इन्टिग्रेटेडसेवा प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ। प्रदेश सरकारको स्वामित्वमा रहेको प्रयोगशालाबाट न्यून शुल्कमा गुणस्तरीय परीक्षण सेवा उपलब्ध हुन थालेपछि सर्वसाधारण, विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई राहत पुगेको बताइएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...