साइबर ब्युरोमा आज पुनः उपस्थित हुँदै अभियानी वेदिका केसी

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा अनुसन्धानमा रहेकी अभियानी वेदिका केसी आज (शुक्रबार) नेपाल प्रहरीको साइबर ब्युरोमा पुनः उपस्थित हुँदैछिन्।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलिप गिरीका अनुसार बिहीबार सरकारी वकिलको लिखित सहमतिमा उनलाई शुक्रबार पुनः उपस्थित हुने सर्तमा रिहा गरिएको थियो।

‘उहाँलाई फेरि उपस्थित हुने गरी हिजो साँझ छाडिएको हो। आज अनुसन्धानका लागि पुनः आउनुहुन्छ,’ एसपी गिरीले बताए।

एक महिलाको चरित्रहत्या गरेको आरोपमा परेको जाहेरीका आधारमा साइबर ब्युरोले बिहीबार काठमाडौंको जोरपाटीबाट केसीलाई पक्राउ गरेको थियो।

उक्त घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अभियानी केसी सामाजिक सञ्जालमार्फत धर्म, आस्था तथा परम्परासँग सम्बन्धित विषयमा आफ्ना धारणा र बहस प्रस्तुत गर्दै आएकी छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...