सङ्घ–प्रदेश सहकार्यमा जोड, कृषि विकासका लागि कानुनी आधार बलियो बनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

संघिय सरकारकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रको प्रभावकारी विकासका लागि संघ र प्रदेश सरकारबीचको सहकार्यलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी तथा संस्थागत आधार तयार पारिने बताएकी छन्।

सोमबार मन्त्रालयमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग भएको भेटवार्ताका क्रममा मन्त्री चौधरीले कृषि उत्पादन, प्रविधि विस्तार, बजेट कार्यान्वयन तथा किसानमुखी कार्यक्रमलाई प्रभावकारी बनाउन संघ–प्रदेश समन्वय अपरिहार्य रहेको उल्लेख गरिन्।

उनले सङ्घीय शासन प्रणालीको मर्मअनुसार कृषि क्षेत्रमा साझा जिम्मेवारीलाई प्रभावकारी बनाउन साझेदारीसम्बन्धी कानुनी व्यवस्था तथा आवश्यक ऐन निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्। यसबाट प्रदेश सरकारसँगको सहकार्य थप मजबुत हुने र कृषि क्षेत्रका कार्यक्रम कार्यान्वयनमा सहजता आउने विश्वास व्यक्त गरिन्।

भेटका क्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशको कृषि सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सङ्घीय सरकारबाट नीति, बजेट र प्राविधिक सहयोग अझ प्रभावकारी रूपमा उपलब्ध हुनुपर्ने धारणा राखेका थिए।

दुवै पक्षले कृषि क्षेत्रको आधुनिकीकरण, किसानको आयवृद्धि तथा दिगो कृषि विकासका लागि निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...