मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोगहरूले दिएका सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको छ।

यसैगरी मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ।

बैठकले बिउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ लाई समेत स्वीकृति दिएको सरकारका प्रवक्ता पोखरेलले बताएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...