नारायण घिमिरे
बर्दिवास
प्रगतिशील लेखक सङ्घ नेपाल धनुषा जिल्लाको आयोजना २ सय १३औँ भानुजयन्ती विशेष रचना वाचन गरी मनाएको छ।कार्यक्रम प्रलेस धनुषा अध्यक्ष गणेश घिमिरेको
अध्यक्षता तथा मिथिला नगरपालिका धनुषाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
प्रलेस धनुषाका सचिव राम मिलनले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्णलाई प्रलेस धनुषाका उपाध्यक्ष प्रेमनिधि भट्टराईले स्वागत मन्तव्य राखेका थिए।
सो कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरुमा वरिष्ठ पत्रकार अनिल कर्ण , प्रलेस कर्मी जीवनस्पर्शी, प्रलेस नेपाल विदेश विभाग सदस्य प्रेम घिमिरे, प्रलेस नेपाल केन्द्रीय सदस्य विमला विश्वकर्मा ,प्रलेस नेपाल मधेश प्रदेश समितिका अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिराहा अध्यक्ष गणेश अधिकारी, मिथिला साहित्य प्रतिष्ठान धनुषा अध्यक्ष विपिराज दहाल थिए।
उक्त कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल, मुक्तक वाचन गरिएका थिए। वाचन गर्ने स्रष्टाहरुमा वाचन विदुषी दहाल,
अनिल कर्ण , पूजा यादव, जीवनस्पर्शी, कुशल अधिकारी, लिलानाथ गौतम, प्रेमनिधि भट्टराई , बैकुण्ठ श्रेष्ठ, विमला विक, रेनुका भण्डारी दहाल, डोर बहादुर खड्का, जनक प्रसाद पौडेल, दिनेश कोइराला,विपिराज दहाल,निर प्रसाद शर्मा, विपुल विद्रोही, पवित्रा कुमारी , सत्यनारायण आलोक, दुर्गा गौतम, राजकुमार विक , फुल्गेन मगही, राकेश झा, गणेश तिमिल्सिना , गणेश घिमिरे,
देवी घिमिरे, प्रेम घिमिरे, नारायण घिमिरे, निला घिमिरे लगायतले वाचन गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिथिला नगरपालिका धनुषाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले समाज परिवर्तनको वाहक साहित्य भएकोले आजको पुस्तालाई यस सम्बन्धी ज्ञान प्रदान गर्दै मानवीय मूल्य र मान्यतासँग एकाकार भई असल समाज निर्माणमा सरिक गराउनु आवश्यक रहेको विचार व्यक्त गरेकी थिइन्।
कार्यक्रममा आफ्नो विचार राख्ने अतिथिहरुले नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय र अविष्मरणीय रहेको बताए । उनिहरुकाअनुसार आगामी दिनमा युवा पुस्तालाई समेटेर साहित्य सिर्जनातर्फ उन्मुख गराउन अझ जरुरी रहेको आवश्यकता औल्याए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गणेश घिमिरेले प्रलेस धनुषाले आयोजना गरेको भानुजयन्ती विशेष रचना वाचन कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उनले प्रलेस धनुषालाई सहयोग गर्ने सम्पूर्ण साहित्यिक व्यक्तित्व, प्रायोजक जडिबुटी संस्था मिथिलालाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए। सो कार्यक्रम ढल्केवर स्थित मुगलाल, मोहन महतो स्मृति प्रतिष्ठानको सभाहलमा भएको हो।
