रुख ढल्दा पैदलयात्री गम्भीर घाइते, थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

[sharethis-inline-buttons]

आज्ञा खबर

गौशाला

महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित ब्रह्मस्थान मन्दिरको सार्वजनिक जग्गामा रहेको भिस (मसला)को रुख काट्ने क्रममा भएको दुर्घटनामा एक जना स्थानीयवासी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार बिहान ठेक्कामा काटिँदै गरेको रुख अचानक अनियन्त्रित रूपमा ढल्दा बाटो हुँदै हिँडिरहेका स्थानीय ५५ वर्षीय रघुनाथ महतो घाइते भएका हुन्। उक्त रुख रामबाबु महतोले ठेक्कामा लिएका थिए भने काट्ने काम उनका २४ वर्षीय छोरा करण महतोले गरिरहेका थिए।

दुर्घटनामा स्थानिय रघुनाथ महतोको टाउको र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई तत्काल गौशालास्थित एक निजी पोलिक्लिनिकमा पुर्‍याएर प्रारम्भिक उपचार गरिएको थियो। तर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि रुखको ठेक्का लिएका रामबाबु महतोलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशालामा राखेको छ। घटनाको कारण र जिम्मेवारीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...