आज्ञा खवर
बर्दिवास
विगत १६ वर्षदेखि वर्दिवासमा स्वास्थ्य जस्तो संवेदनशिल संस्था शुभ स्वस्तिक अस्पताल मार्फत सेवा दिदै आएका वर्दिवासका चिरपरिचित व्यक्तित्व दिपक कार्किले आफ्नो प्यानल सहित वर्दिवास उद्योग वाणिज्य संघको अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । आज वर्दिवासमा आयोजित निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा कार्किले व्यापारीको हकहित र सुरक्षा लाई पहिलो प्राथमिकता दिदै आफुले यस अघि व्यापार संघको सदस्यको रुपमा काम गर्दा सिकेका सिकाईलाई आफ्नो नेतृत्वमा लागु गर्ने प्रतिवद्धता जनाएका छन् । “व्यावसायिक विकास र समृद्धिको साझा संकल्प” भन्ने मूल नारासहित कार्की यो पटकको निार्वचनमा भाग लिएका हुन । साना तथा ठूला व्यवसायीबीचको दूरी घटाउँदै पूँजीगत आधारमा व्यवसायी वर्गीकरण गर्ने, समान अवसर सुनिश्चित गर्ने योजना अघि सारेको छ । घरधनी–व्यवसायी सम्बन्ध तथा स्थानीय करसँग सम्बन्धित समस्याहरू समाधान गर्न संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइएको छ ।
व्यापार संघलाई प्रभावकारी र परिणाममुखी बनाउन एकल नेतृत्व मात्र पर्याप्त नहुने भएकाले सक्षम र अनुभवी टोली प्यानलमा रहेको उनिहरुको विश्वास छ । व्यवसायी समुदायको हकहित संरक्षण, बजार व्यवस्थापन र दीर्घकालीन आर्थिक समृद्धिका लागि साझा दृष्टिकोणसहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । समावेशि टिम वनाएर चुनावमा होमिएको दिपक कार्कि प्यानलमा सवै क्षेत्रका व्यापारी वर्गको उम्मेदवारी परेको छ । डमरु चुनाव चिन्ह लिएर चुनावि मैदानमा उत्रिएको यो समुह वर्दिवासमा चिनिएका र पुराना, युवा र उद्यमि सवैको साझा चौतारी हाम्रो टिम रहेकोले यो पटक जित निश्चित रहेको उनिहरुको विश्वास छ ।

यस्ता छन प्रतिवद्वताहरु
१. सानो लगानी, ठूलो सम्मानः हाम्रो अभियान
व्यवसायी वर्गीकरणः पुँजीगत आधारमा व्यवसायीहरूको वर्गीकरण गरी सङ्घमा आवद्ध गराउने र सबैलाई समान अवसरको सुनिश्चितता गर्ने
समस्या समाधानमा पहलः घरभाडा सम्झौता, घरधनी–व्यवसायी सम्बन्ध र स्थानीय करका क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न प्रभावकारी पहल गर्ने ।
बजार सुरक्षा र व्यवस्थापनः सडक छेउका साना व्यवसायीहरूको उचित व्यवस्थापन गर्दै उनीहरूको व्यवसाय र बजार सुरक्षाको ग्यारेन्टी गर्ने ।
२. व्यवस्थित बर्दिवास, सुन्दर बजार
पार्किङ व्यवस्थापनः नगरपालिकासँगको समन्वयमा बजार क्षेत्रभित्र व्यवस्थित पार्किङ स्थलको निर्माण गर्ने ।
पूर्वाधार विकासः फुटपाथ र ढल निकासको उचित व्यवस्थापनका साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय र प्रतीक्षालयहरूको निर्माण गर्ने ।
३. ‘ट्रान्जिट’ होइन, पर्यटकीय गन्तव्य बर्दिवास
रात्रिकालीन बजारः बर्दिवासको आर्थिक गतिविधिलाई चलायमान बनाउन रात्रिकालीन बजारको अवधारणालाई कार्यान्वयन गर्ने ।
वसौ वर्दिवास प्याकेजः स्थानीय होटल तथा ट्राभल्स व्यवसायीहरूसँग मिलेर बाह्य तथा आन्तरिक पर्यटकहरूलाई बर्दिवासमा टिकाउन विशेष प्याकेजहरूको प्रवद्र्धन गर्ने ।
४. उद्योगी–व्यवसायी सहजताः हाम्रो प्रतिवद्धता
कानुनी परामर्श डेस्कः व्यवसायीहरूलाई आइपर्ने कानुनी अड्चनहरू सुल्झाउन सङ्घभित्रै ‘व्यवसायी कानुनी परामर्श डेस्क’ स्थापना गर्ने ।
स्वास्थ्य सेवामा सहुलियतः व्यवसायी र उनीहरूका परिवारका लागि निजी अस्पतालहरूसँग समन्वय गरी विशेष उपचार सहुलियत (डिस्काउन्ट) को व्यवस्था मिलाउने ।
