आज्ञा खवर
वर्दिबास
यहि आउदो चैत्र २४ हुने हुन गैरहेको वर्दिवास उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरी उत्तम कुमार श्रेष्ठ प्यानलले आफ्नो १५ वुदे निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विभिन्न वुदाँमा समेटेर तयार गरेको प्रतिवद्धता पत्रमा व्यापारिक वर्गको हितलाई मध्यनजर गरेर तयार गरीएको जनाईएको छ । आफु कुनैपनि राजनैतिक दलमा आवद्ध नभएको तथा खुल्ला रुपमा व्यापारीक वर्गको हक हितको लागि मात्र लागि परेको हुँदा यो चुनावमा आफ्नो प्यानलको जित निश्चीत जस्तै रहेको अध्यक्षका प्रत्यासि उत्तम कुमार श्रेष्ठ वताउछन् । प्यानलमै वलिया उम्मेद्वारको रुपमा महासचिवका उम्मेद्वार शैलेश दाहाल तथा कोषाध्यक्षका उम्मेद्वार सुरज खड्का वर्दिबासका व्यवसायिमाझ लोकप्रिय अनुहार हुन् । युवा महिला तथा समावेशी टिम नै हाम्रो जितको मुख्य आधार भएको महासचिवका प्रत्यासि शैलेस दाहाल वताउछन् । प्रमुख रुपमा उनिहरुले ल्याएका योजनाहरुलाई व्यापारीवर्गले अनुमोदन गरे मात्र जित सुनिश्चित हुने देखिन्छ ।

प्यानलका प्रमुख प्रतिवद्धताहरुः
१. वित्तीय पहुँच र सुलभ कर्जाः बैंक तथा वित्तीय संस्थाहरूसँग विशेष समन्वय गरी उद्योगी व्यवसायीहरूका लागि सहज र सहुलियतपूर्ण कर्जा प्रवाहको ठोस व्यवस्था मिलाउन।
२. व्यावसायिक पलायनता रोकथामः वर्तमान आर्थिक संकटबाट प्रभावित व्यवसायीहरूलाई पलायन हुनबाट जोगाउन विशेष राहत योजना र संरक्षणका कदमहरू चाल्न।
३. प्रविधिमैत्री डिजिटल संघः संघका सम्पूर्ण गतिविधि डिजिटल प्रविधि बाट व्यावसायिका घर पसलमा पुर्याउन र आधुनिक व्यावसायिक प्रवद्र्धनका लागि ‘डिजिटल पहुँच’ सुनिश्चित गर्न।
४. सदस्य सुरक्षा र बीमाः समयमै नवीकरण गर्ने सदस्यहरूका लागि गम्भीर रोग, दुर्घटना र मृत्यु जोखिम समेट्ने गरी ‘विशेष बीमा सुविधा’ उपलब्ध गराउन।
५. बर्दिबासलाई कृषि र व्यापारिक हब बनाउनेः बर्दिबासलाई मधेश प्रदेशकै ‘वृहत् कृषि सङ्कलन केन्द्र’ का रूपमा स्थापित गर्न र अटो व्यवसायीका लागि व्यवस्थित ‘अटो ल्यान्ड’ निर्माण गर्न।
६. सुरक्षित व्यापारिक वातावरणः ‘उज्यालो बर्दिबास’ अभियान र सम्पूर्ण बजार क्षेत्रलाई ‘सीसीटीभी’ युक्त बनाई सुरक्षित व्यवसायको प्रत्याभूति दिलाउन।
७. सुमधुर घरधनी–व्यवसायी सम्बन्धः घरधनी र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउँदै भाडा लगायतका समस्याहरूलाई आपसी समझदारी र समन्वयमा समाधान गर्न।
८. पूर्वाधार र रात्रिकालीन बजारः स्थानीय उत्पादनको बजारीकरणका लागि ‘स्थायी प्रदर्शनी स्थल’ निर्माण गर्ने र आर्थिक गतिविधि बढाउन ‘रात्रिकालीन व्यवसाय’ (ल्ष्नजत ःबचपभत) सञ्चालन गर्न।
९. युवा स्वरोजगार र स्टार्टअपः नयाँ स्टार्टअप व्यवसायका लागि सीपमूलक तालिम प्रदान गर्ने र परम्परागत सीपलाई व्यवसायीकरण गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न।
१०. पर्यटन र सम्पदा संरक्षणः धार्मिक, सांस्कृतिक र रातु सभ्यताको संरक्षण गर्दै ‘हाम्रो बर्दिबास, राम्रो बर्दिबास’ र कृषि पर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न।
११. कानुनी सहायता र औद्योगिक ग्रामः व्यवसायीहरूलाई आवश्यक कानुनी परामर्श उपलब्ध गराउन र यस क्षेत्रमा ‘औद्योगिक ग्राम’ निर्माणका लागि पहल गर्न।
१२. तिनैतहका सरकारसँग समन्वयः स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय गरी उद्योगी व्यवसायीका समस्यालाई नीतिगत तहसम्म पु¥याउन र कार्यान्वयन गर्न।
१३. मिडिया र सूचना प्रवद्र्धनः स्थानीय मिडिया उद्योगलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक सूचना र प्रवद्र्धनमा सहकार्य सुदृढ गर्न।
१४. व्यावसायिक एकताः सम्पूर्ण उद्योगी तथा व्यवसायीहरूलाई संघको एउटै छाताभित्र गोलबद्ध गरी साझा हकहितको रक्षा गर्न।
१५. अक्षयकोष स्थापनाः यस प्यानलले उद्योग वाणिज्य सङ्घ, बर्दिवासको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा, व्यवसायीहरूको वृहत्तर हकहित र भैपरी आउने समस्या समाधानका लागि आगामी ३ वर्षभित्र एक ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
