आज्ञा खवर
वर्दिबास
सहकारी संस्थाहरुलाई प्रदान गरीने केन्द्रीय स्तरको संस्थाको पुरस्कार घोषणा भएको छ । महोत्तरी जिल्लाको वर्दिवास नगरपालिकामा अवस्थित मधेश प्रदेश स्तरीय सहकारी महिला केन्द्र वहुउद्देश्य सहकारी संस्था लि. सहकारी संस्थाहरुको केन्द्रिय छाता संगठन राष्ट्रिय सहकारी महासंघ काठमाडौले प्रदान गर्ने प्रदेश स्तरीय उत्कृष्ट सहकारीको पुरस्कारवाट सम्मानित हुने भएको छ । संस्था पुरस्कारको लागि छनौट भएपछि संस्थाकी अध्यक्ष शारदा दहालले यो संस्थामा आवद्ध करीव ४ हजार शेयरसदस्यहरुको आर्थिक विकासको क्षेत्रमा गर्नुभएको मिहेनतको परिणाम भएको वताईन । सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकले दिनुभएको जानकारी अनुसार मधेश प्रदेशभरीवाट एकमात्र सहकारी महिला केन्द्र पुरस्कारको लागि छनौट भएको हो । विगत २४ वर्षदेखी महिलाहरुको नेतृत्वमा सहकारी मार्फत महिलाहरुको आर्थिक उत्थानकोलागि कार्यगरेको आधारमा पुरस्कारको लागि छनौट भएको पाठकले वताए ।
साथै महासंघले उत्कृष्ट सहकारी पुरस्कारबाट झापा जिल्ला सहकारी संघलाई सम्मान गरिने भएको छ । राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई सम्मान गर्ने घोषणा गरेको छ । अन्य प्रदेशवाट पुरस्कृत हुने सहकारीहरुमा, कोशी प्रदेशबाट मेचीनगर साकोस, बागमती प्रदेशबाट महिला मिलन साकोस, मकवानपुर छनोट भएको छ । गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी, बाँके, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी, बाजुरा छनोट भएको पाठकले बताउनुभयो ।
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुनुहुने भएको छ । सहकारी पत्रकारिता पुरस्कारबाट सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापा सम्मानित हुने घोषणा गरिएको छ । यी सबै पुरस्कारहरू अन्तर्राष्ट्रिय सहकारी दिवस २०२६ अर्थात नेपालि मिति असार महिनाको तेश्रो शनिवार को अवसरमा प्रदान गरिने महासंघले जनाएको छ ।
महिला केन्द्र मधेश प्रदेशकै उत्कृष्ट सहकारीवाट पुरस्कृत
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
