आज्ञा खबर
बर्दिवास
स्थानीय सरकारको भूमिकालाई प्रायः कागज–कलम, कार्यालय र योजना–कार्यक्रममै सीमित ठानिदा बर्दिवासको चिया चौतारीनै तातिएको आभाष हुन्छ।
बर्दिवासका बजारहरुका मुख्य स्थानका चिया पसल हरुमा चिया बहस चलिरहदा अधिकांश यहाँका चिया पसल हरुमा चिया पिउन आएका नगरवासी बर्दिवास नगरपालिकाको पहिलो कार्यकाल अर्थात तात्कालिन नगर प्रमुख बिदुर कुमार कार्की कै बिषयमा चर्काचर्की गरेर बोलेको सुनिन्छ । उनिहरुको बहस अनुसार कार्कीको कार्यकाल डि.पि.आर मास्टर प्लानमै सिमित रहेर नागरिकको आधारभुत समस्या र आवश्यकतालाई समेत खेलवाड गरेर नगरपालिकाको बजेट पचाएको आरोप छ। स्थानियका अनुसार कार्कीको कर्यकाल भन्दा बर्दिवास नगरपालिकाकामा अहिले प्रह्लाद कुमार क्षेत्रीको
नेतृत्वले यो कालो करतुतलाई पूर्णतः उल्ट्याएको छ। ‘जनताको घरमै गएर समस्या सुन्ने र तत्काल सहयोग गर्ने’ शैली अपनाउँदै उनले बर्दिवासमा एक नयाँ प्रकारको मानवीय प्रशासनिक संस्कार निर्माण गरिरहेका छन्। रोग, भोक, सोक र वास्तविक अभावमा परेका नागरवासीलाई खोजी–खोजी घरमै पुगेर सेवा पुर्याउने उनको शैलीले नगरप्रमुख क्षेत्री अहिले ‘जनताको बीचको नेता’बनेका छन्।
घरदैलोमै समस्या सुन्ने नेतृत्व शैली
बर्दिवासका कतिपय बस्ती अझै पनि आर्थिक, सामाजिक र स्वास्थ्यका समस्याले अत्यन्तै संवेदनशील छन्। त्यही चुनौतीलाई नजिकबाट बुझ्न क्षेत्री कहिलेकाहीँ रातिदेखि बिहानसम्म जनताको घरदैलोमै पुग्छन्।
कसैको घरमा बिरामी छ भने—आवश्यक स्वास्थ्य उपचारकालागी आर्थिक सहयोग अर्थात बर्दिवासमै हुँन सक्ने उपचारमा सहजिकरण।
कसैको घरमा भोक र अभाव छ भने—खाद्यान्न र राहतसहित आर्थिक सहयोग ।
कसैको घरमा सामाजिक संकट छ भने—समाधानका बाटो खोज्दै आर्थिक सहयोग गर्ने मधेश प्रदेशको एकमात्रै नगर प्रमुखको रुपमा पनि परिचय बनाउन सफल छन बर्दिवासका नगरप्रमुख क्षेत्री ।
उनको यही मानवीय यात्राले नगर भित्रका धेरै परिवारलाई राहत दिएको छ। स्थानीयहरूले भन्छन्—“नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री निर्वाचित भएर आएपछि मा त्रै नगरवासीको समस्यालाई नगरपालिकाले गम्भीर रूपमा चासो दिन थाल्यो।”
‘रोगमा उपचार, भोकमा राहत’एकीकृत मानवीय अभियान
नगरप्रमुख क्षेत्रीको नेतृत्वमा बर्दिवासमा पछिल्ला तिन वर्षदेखि राहत, उद्धार र स्वास्थ्य सहयोगलाई दैनिक व्यवस्थापनको रूपमा अगाडि बढाइएको छ।
आर्थिक समस्या भएका बिरामीलाई नगरकै खर्चमा अस्पतालको बेड सम्म पुर्याउने व्यवस्था,
अत्यन्त विपन्न परिवारलाई तत्काल राहत,
आकस्मिक घटनामा क्षतिपूर्तिदेखि बासस्थानको व्यवस्थासम्म,
असहाय र एकल वृद्ध–वृद्धाको नियमित अनुगमन,
—यी सबै काम आफू कार्यालयमै बसेर मात्रै सम्भव हुँदैन भनेर उनले घरमै पुगेर कार्यान्वयन गर्ने गरेका छन्।
बर्दिवास–१ की एक वृद्ध आमाले भनेकी थिइन्—“बिरामी हुँदा औषधि किन्न नस क्दा नगरप्रमुख आफैँ घरमा आए, सहयोग दिए। उनि नगरप्रमुख मात्रै होइन, छोराजस्तै हुन।”
गाउँ–टोलको हरेक पीडामा प्रत्यक्ष उपस्थिति
बर्दिवासको दक्षिण, उत्तर, कुनै पनि भुगोल जात ,बर्गा को भेदभाव नगरी क्षेत्री हरेक ठाउँ पुग्छन्।
कसैको घर जलेर नष्ट भयो भने,
कसैको परिवारमा आकस्मिक मृत्यु भयो भने,
कसैको घरमा छोराछोरी पढाउन कठिन भयो भने—
क्षेत्रीको उपस्थिति पहिलो पंक्तिमा देखिन्छ।
कहिलेकाहीँ बिहान सबेरै–कहिलेकाहीँ राति अबेर सम्म ।
टोलबासीलाई थाहै हुँदैन—नगरप्रमुख कहिले र कतिबेला आइपुग्छन्।
तर आउनेबित्तिकै उनी भन्छन्,
“यहाँका समस्या यही ठाउँबाटै समाधान गर्छौँ।”
जनताको भरोसा बढाउँदै जनप्रतिनिधिको जिम्मेवारी पूरा
अहिले बर्दिवासमा नगरप्रमुखको अर्थ केवल ‘कार्यालयमा बस्ने प्रमुख’ होइन,
कार्यस्थल भनेको—
रोगले शिथिल बनेका नागरिकका ओछ्यान,
भोकले कठिन बनेका परिवारका भान्सा,
सोकले थलिएका परिवारका आँगन र
विपन्नताको पीडामा बाँचेका जनताको घर–आँगन हुन्।क्षेत्रीको यही सक्रियताले धेरै जनप्रतिनिधिलाई पनि जनताको नजिक जान प्रेरित गरेको छ। बर्दिवासमा ‘समस्या बोकेर नगरपालिका धाउनुपर्ने अवस्था’धेरै हदसम्म अन्त्य भएको जनताको अनुभव छ।
- विपन्न वर्गप्रति विशेष संवेदनशीलता
बर्दिवासका धेरै टोलमा विपन्न दलित, जनजाति, मजदुर र एकल महिला बसोबास गर्छन्।
यी समुदायका मानिसलाई नगरपालिका ले कहिले सहयोग गर्छ—भनेर प्रतीक्षा गर्नु नपरोस् भनेर क्षेत्रीले नियमित फिल्ड भिजिटलाई आफ्नो कार्यतालिकाकै भाग बनाएका छन्।
नगरवासी कसरी बाँचिरहेका छन्,
उनिहरुको घरमा के खानेकुरा छ ,बच्चाहरू स्कुल जान पाएका छन् कि छैनन्,
न्यून आय भएकालाई कस्ता कार्यक्रम प्रभावकारी हुन्छन्?
—उनी यिनै प्रश्नको जवाफ टोलमै पुगेर खोजिरहन्छन्। ।
नगरप्रमुखको नेतृत्व शैली ‘विवादभन्दा बढी विवेक’
राजनीतिमा विवाद, टिप्पणी, आलोचना त स्वाभाविक प्रक्रिया हो। तर क्षेत्रीको शैली भने विवादमा भन्दा काममै बढी देखिन्छ।
उनको ‘घरदैलो–मोडल’ ले बर्दिवास नगरपालिकाको कामकाजमा भएको पारदर्शिता र जनमुखीपनको अभ्यासले ले बर्दिवासको समाजमा ठूलो परिवर्तन ल्याएको छ।
स्थानीयहरूका शब्दमा—
“नगरमा जुनसुकै समस्या आए पनि, ‘क्षेत्री आएपछि सहज हुन्छ’ भन्ने विश्वास बसेको छ।”
बर्दिवासको सामाजिक संरचना मजबुत बनाउन योगदान
क्षेत्रीको मानवीय नेतृत्वले केही प्रमुख परिवर्तनहरू देखिएका छन्—
स्वास्थ्य सहयोगमा सहजता
विपन्न परिवारको मनोवैज्ञानिक सहारा
राहत वितरणमा छरितोपना
बिपद् व्यवस्थापनमा सक्रियता
सामाजिक समावेशीताको विस्तार
यिनै कारणले अहिले उनको नाम बर्दिवासमा नेतृत्वको भन्दा पनि ‘सहयोगी हात’को रूपमा चर्चित छ।
घरदैलोमै सेवा दिने नेतृत्वका कारण ‘जनताको प्रमुख’बने क्षेत्री
नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको कार्यशैलीले बर्दिवासमा एउटा महत्वपूर्ण संदेश दिएको छ—
«नेताको काम कुर्सीमा बस्नु मा त्रै होइन,
जनताको पीडा सुन्ने आँट र समस्या हल गर्ने साहस पनि हो»।
उनको घरदैलो सेवाबाट बर्दिवासका सयौँ परिवारले राहत, आशा र विश्वस्तता पाएका छन्।
बर्दिवासको प्रशासनिक इतिहासमा अहिले एक नायक जस्तै नाम उच्चारण हुन्छ—प्रह्लाद कुमार क्षेत्री
“जनताको घर–घरमा पुगेर सेवा गर्ने नगरप्रमुख – प्रह्लाद कुमार क्षेत्री।”
