शंकास्पद व्यक्तिलाई नागरिकता सिफारिस प्रकरणमा वडाध्यक्ष पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले शंकास्पद व्यक्तिलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार यादवलाई आवश्यक अनुसन्धानका लागि आजै सर्लाही जिल्ला अदालतमा उपस्थित गराइ म्याद थप गरिएको छ। यस प्रकरणमा विस्तृत छानबिन अगाडि बढाइएको र घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...