खानेपानी संस्थाको वार्षिक साधारण सभा स्थगित

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

बर्दिबास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बर्दिबासले आफ्नो ७ औं वार्षिक साधारणसभा स्थगित गरेको छ।

संस्थाले बुधबार एक सूचना प्रकाशित गरी आगामी भदौ २८ गते शनिबारका दिन बोलाइएको साधारणसभा हालको देशभरि व्याप्त अस्वस्थ परिस्थितिका कारण अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

संस्थाका अध्यक्ष भुलन बहादुर सेन ठकुरीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “देशमा हाल उत्पन्न भयावह परिस्थितिका कारण अर्को निर्णय नहुन्जेलसम्मका लागि साधारण सभा स्थगित गरिएको महत्वपूर्ण जानकारी सम्पूर्ण उपभोक्ता ज्युहरुलाई गराइन्छ।”

साधारणसभा स्थगित भएकोले नयाँ मिति पछि सूचित गरिने संस्थाले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...