सर्लाहीमा भएको सडक दुर्घटनामा नगर कार्यपालिका सदस्यको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खब
सर्लाही
जिल्लाको बलरा नगरपालिकाकी कार्यपालिका सदस्य ५५ वर्षीया चन्दादेवी बैठाको शनिबार भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय भित्री सडकखण्डमा अनियन्त्रित मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारको क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पनि गम्भीर घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...